अध्यादेशको विरोध ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

४ माघ २०८१, शुक्रबार १५:२६

पोखरा । कास्कीका ३५ शिक्षकले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका छन् हुन् ।

शिक्षामन्त्री विद्या भट्टराईको जिल्लाका २०७५ चैत ४ गतेपछि स्थायी भएका शिक्षकहरुले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै सामूहिक राजीनामा दिएका हुन् ।

शिक्षकहरुमाथि सरकारले अन्यायपूर्ण व्यवहार गर्दै प्राकृतिक न्यायको सिद्धान्तविपरीत भूतप्रभावी कानूनको निर्माण गरी अध्यादेश जारी गरेको उनीहरुको आरोप छ ।

शिक्षकलाई गुदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्न सरकार उद्यत भएको महसुस भएको अन्नपूर्ण गाउँपालिका(९ कास्कीस्थित भगवती माध्यमिक विद्यालयका शिक्षक कृतिराज ढकालले बताए ।

अध्यादेशको कार्यान्वयनले सेवा प्रवेशको समयमा भएका व्यवस्थालाई समेत उल्ट्याई करिब ६ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निश्चित प्रतिशत निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।

राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने शिक्षक ढकालले उल्लेख गरे । सहभागी शिक्षकले सरकारले गरेको निर्णयबाट पर्ने आर्थिक र मानसिक मर्का सहन नसकी सामूहिक राजीनामा पेस गरेको बताए ।

सामूहिक राजीनामा बुझ्दै कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा(पत्र सम्बन्धित निकायमा पठाउने सुनाए । शिक्षकको सही मागप्रति सधैं शिक्षककै पक्षमा रहेको उनको भनाइ थियो ।

सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए