कपिलवस्तु बाणगंगामा दुई मोटरसाईकल ठोक्किंदा दुई जनाको मृत्यु

३ माघ २०८१, बिहीबार १२:०२

कपिलवस्तु । कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

वाणगंगा नगरपालिका–११ स्थित भित्री सडकखण्डमा गएराति करिब १०ः३० बजे नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको भारतीय मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिका–३ निवासी ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको नेपाली मोटरसाइकल चालक, सैनामैना–४ निवासी २७ वर्षीय रोमन थारु रहेका छन्।

यस दुर्घटनामा २६ वर्षीय अजय थारु घाइते भएका छन्।उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको ,दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्।