त्रिशूली हस्पिटलमा जागिर खान नेपाली काङ्ग्रेसको सदस्यता अनिवार्य

२ माघ २०८१, बुधबार १३:११

काठमाडौं ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको सकृयता हिजोआज आफ्नो गृह जिल्ला नुवाकोटमा देखिएको छ।

नेपाली काङ्ग्रेस सम्बद्ध कार्यकर्ताको जन्मदिन मनाउने देखि मृत्यु कर्ममा समेत सहभागीता भैरहेको ले मुख्यमन्त्रीको चर्चा जिल्ला भित्र चुलिदै गइरहेको छ।

पछिल्लो समय मुख्यमन्त्री लामा नुवाकोटको बट्टार बजारमा अड्डा जमाएर आफ्ना कार्यकर्ताहरुको सिफारिसमा विभिन्न कार्यालयहरुमा जागिर खुवाउने प्रलोभन बाड्ने काममा समेत सकृयता देखिएको छ।

मुख्यमन्त्रीको सिफारिसमा जागिर खान कुनै सीप योग्यता चाहिदैन। तर जागिर खान नेपाली काङ्ग्रेसको सदस्यता लिनुपर्ने अनिवार्य मापदण्ड तोकिएको खुलासा भएको छ।

यसको पछिल्लो उदाहरणको रुपमा विदुर १ सिमुटारका सवारीचालक पेशामा सम्बद्ध यादब थपलियालाई लिन सकिन्छ । थपलियालाई त्रिशूली हस्पिटलमा सवारी चालक पदमा जागिर लगाइदिने भन्दै प्रलोभनमा पारेर आफ्नै नातेदारले मुख्यमन्त्रीलाई भेटाउन होटल वाटर टावरमा लगेको र त्यहाँ योजनाबद्ध ढंगले यादवलाई नेपाली काङ्ग्रेसको सदस्यता भिडाएर फोटो खिच्न लगाएको घटना बाहिरिएको छ ।

न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै उत्कृष्ट बन्न सफल नुवाकोट जिल्लाको त्रिशूली अस्पतालमा सवारीचालक पदमा जागीर खान नेपाली कांग्रेस पार्टीको सदस्यता लिनुपर्ने मापदण्ड हुनु निकै विडम्बना हो ।

मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाले एक महिना अघि मात्रै विदुर १० का उपेन्द्र बुढाथोकीलाई त्रिशूली अस्पतालको अध्यक्षमा नियुक्त गरेका थिए । अस्पतालको अध्यक्षमा नियुक्त भए संगै कांग्रेस पूष्ठभूमिका बुढाथोकीले अस्पतालको सेवा सुधारको लागी काम गुर्नु भन्दा कांग्रेस पार्टीका कार्यकतालाई कसरी उक्त अस्पतालमा जागीर खुवाउने भनेर विभिन्न हर्कत सुरु गरेका छन । सवारी चालक नियुक्तीको घटनालाई यसैको पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ ।

यस अघि पनि तारकेश्वर गाउँपालिका ५ स्थित रहेको श्री चण्डेश्वरी आधारभूत स्कुलका अध्यक्ष गंगासिङ तामाङलाई स्कुलको जिर्ण भवन मर्मत गर्न बजेट हाल्दिने भन्दै प्रलोभन देखाएर भेट्न बोलाई एउटै शैलीमा खादा लगाई दिएर नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेको भन्दै प्रचार गरेका थिए।

विदुरका थपलिया र तारकेश्वरका तामाङ दुवैले विज्ञप्ति निकालेर मुख्यमन्त्रीको यस्तो गलत कार्यको भत्सर्ना गरेकाछन्।