कास्की ।कास्की जिल्ला अदालतमा आज इजलासमा न्यायाधीशले प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिएपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् ।
रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।
उनले भने,‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,।म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारी पिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’ कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे ।
नेपालमा भएका राजनीतिक दलमध्ये हाम्रो पार्टी रास्वपा जिम्मेवार पार्टी हो । हाम्रो पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले पनि अङ्ग बनाएको छ ।, उनले भने
संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको निचोड निकालेको उनले बताए । कानून मिचेर मुद्दा दर्ता भएको रविले आरोप छ ।
