रुसी आक्रमणबाट युक्रेनमा १३ जनाको ज्यान गयो

२५ पुष २०८१, बिहीबार १२:५५

युक्रेन ।रुसले आवासीय भवनहरूमा  गरेको हवाई आक्रमणबाट १३ जनाको ज्यान गएको छ ।

दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् ।

आक्रमणपछि सार्वजनिक भएको भिडियोमा एउटा भवनमा आगो लागेको र केही गाडी जलेको देख्न सकिन्छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई रुसको आतङ्कवादविरुद्ध दबाब दिन अपील गर्नुभएको छ । रुसी सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।