दोदा नदीमा नौ वर्षपछि पक्की पुल निर्माण कार्य अगाडि बढेसँगै,  जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यताको अन्त्य हुने

१९ पुष २०८१, शुक्रबार ११:१६

कञ्चनपुर  । कञ्चनपुरको देखतभूली पर्सिया सडक खण्डअन्तर्गतको दोदा नदीमा ठेक्का सम्झौता भएको नौ वर्षपछि पक्की पुल निर्माण कार्य अगाडि बढेको छ ।

वि.सं.२०७२ पुस २६ गते,  राजेन्द्र कुमार श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि ,अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ ।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुल्क तिरेर तर्दै आएका छन् ,वर्षातका बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीयवासीको बाध्यता छ , पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शूल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।

“पुल निर्माण बीचमा छाडेर निर्माण व्यवसायी बेखबर भएपछि पुल बन्ने आश छाडेका थियौँ !,अहिले पुल निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेकाले बन्ने आशा पलाएको छ, वर्षौैँदेखिको नदीमा जोखिम मोलेर तर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।”उनले भने