काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।
बुधबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि माधव र आफू एकजुट भएको बताए । उनले जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन मिडियालाई जानकारी दिने प्रतिक्रिया दिए ।
यस्तै कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै गौतमले छिट्टै हुन सक्ने बताए ।
यस्तै भीम रावललाई समेट्ने विषयमा माधवलाई नै थाहा होला भन्ने जवाफ फर्काए ।
यस्तै तपाईँ केपी ओलीबाट पीडित भएको हो भन्ने प्रश्नमा असहमति जनाउँदै आफू राजीनामा दिएर एमालेबाट निस्केको व्यक्ति भएकाले ओली, प्रचण्ड, माधव र झलनाथ कसैबाट पनि उत्पीडनमा नपरेको उनले दाबी गरे ।
