राष्ट्रपति रामचन्द्र पौडेल द्धारा नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण 

१७ पुष २०८१, बुधबार १३:४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा .डा. कपिलमान श्रेष्ठ,  पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।