आज बुधबार सुन–चाँदीको मूल्य

१७ पुष २०८१, बुधबार १२:५२

काठमाडौं ।नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।