काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सफल र विश्वसनीय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको सय दिने विशेष अभियान अन्तर्गत मङ्गलवार काठमाडौंमा आयोजक कार्यक्रममा बोल्दै यो व्यवस्था नै स्थायी हुने दाबी गरे।
उनले भने, ‘गणतन्त्रलाई सफल बनाउन र विश्वसनीय बनाउनु सबैको कर्तव्य हो। मलाई लाग्छ यो गणतन्त्र स्थायी हुन्छ तर सुदृढ गर्दै जानुपर्छ।
अहिले सबै नेपालीहरूको एकता आवश्यक छ। मेलमिलाप कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप गर्न कांग्रेसले अग्रसरता लिनुपर्छ ।’
