भक्तपुरमा खोटाङ घर भएका बाबुछोरा मृत अवस्थामा भेटिए

८ पुष २०८१, सोमबार १५:१७

काठमाण्डौ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।

मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले  जानकारी दिएका छन् ।

दुई फरक कोठामा बाबुछोराको शव भेटिएको उनले बताएका छन् । दुई वटा ढोका बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो । दुवै जनाको शरीरमा चोटपटक लागेको हुँदा हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।

घटना बारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।