आज विश्वपर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

२६ मंसिर २०८१, बुधबार १०:१५

काठमाडौं । आजविश्वपर्वत दिवस । हरेकवर्ष डिसेम्बर११तारिखकादिनविश्वपर्वत दिवसमनाउने गरिन्छ ।

वर्षको विश्वपर्वत दिवसको नारा ‘ountain solutions for a sustainable future – innovation, adaptation, youth and beyond Ú’ अर्थात् पर्वतहरु दिगो भविष्यकालागि समाधानहुन् – नवप्रवर्तन, अनुकूलन, युवा र त्यस पछिका कदमहरू भन्ने अर्थ लाग्दछ ।

नेपालीको पहाडसँग वा हिमाल सँग वापर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि ।

पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनिविश्वले विश्वपर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ ।

हेर्दा सुन्दर देखिने मात्रहोइन, सूर्यको उदाउँदो वाअस्ताउँदो प्रकाशपर्दा मनमोहक देखिने मात्रहोइन, पर्वतहरूले हाम्रो जीवनसँगअन्योन्याश्रित सम्बन्ध राख्छन् ।

हिमालहरूबाट नै आउने कलकलबग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादलगएर हिमालहरू माठोक्किएर पर्ने पानी किननहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अतिआवश्यक छ ।

नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ ।

त्यसैले पनि हामी विविधतामा धनीछौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषताछन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनीछौँ, विशेष छौँ ।

तर, यही समयमा हामी सँगचिन्ता र चुनौतीहरू पनिबढेका छन् । विश्वमाबदलिँदो जलवायुका असर सोझै हाम्राहिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएकाछन् ।

अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनिलोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।