लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सको १३७ रनको लक्ष्य

२३ मंसिर २०८१, आईतवार १०:५६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

शुक्रबार टीयु क्रिकेट मैदानमा टस जितेर पहिलाब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

जनकपुरका कप्तानअनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाएभने लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमीजिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्तधामी ९ रनमा आउट भएकाथिए । शुभकंशाकार २२ रनमाअविजित रहे ।

अहिले सम्म जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।

बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विनजफर २–२ र सन्दीप जोराले एक विकेट लिएकाथिए ।