भुटानका राजाआज नेपाल आउँदै छन्

२१ मंसिर २०८१, शुक्रबार १०:४२

काठमाडौं। भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउने भएकाछन्।

भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान ड्रक एयरको उडाननम्बर केबी २०५ बाटउनी काठमाडौं आउने भएकाहुन्।

१९ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका भुटानी राजा वाङचुक काठमाडौं आए पछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन्।

भ्रमणदलमा राजा सहित ऊर्जा मन्त्री, विदेश सचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन्।

भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्थाकायम गरेको छ।

उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।