बीआरआई ऋणमा लिनु उचित छैन् : प्रदीप ज्ञवाली

१२ मंसिर २०८१, बुधबार १७:००

काठमाडौं । नेकपाएमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमालिनु उचितनभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले,अहिले चीनसँगबिआरआई अन्र्तगतकुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआईऋणमालिनु उचितनभएको बताएकाहुन् ।

उनले भने,‘हामीले पुँजीगतखर्च २२–२३ प्रतिशतजम्म छुट्याउँछौं कूल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशतखर्च हुन्छ ।

यो स्थितिभित्रहामीले थपलोनहरु लिन सक्ने अवस्थामाचाँही छैनौं । त्यसैले अहिले यति नै बेलाचीनसँगबिआरआई अन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौं भन्ने खालको कुरा चाँहीआवश्यक छ जस्तो लाग्दैन् । उचीतछैन् ।यो समय परिपक्कहोईन् भन्ने नै लाग्छ ।’

उनले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिकआँखाले हेर्न नहुने बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणमाचीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी सफलपार्न उनले आग्रह गरे ।

उनले भने,‘लोनहरुमाहुने अथवाआउने सर्तहरु अलि अलिअप्ठ्यारा छन् । जुन सुकै देशको हकमापनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ । यसलाई राजनीतिकआँखाले हेर्नुहुँदैन् भन्ने मेरो आँखा छ ।

प्रधानमन्त्रीज्यूको चीन भ्रमण हुँदै गर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी भ्रमण सफलहोस् आग्रह गर्न चाहन्छु ।’