उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्र्ने अवसरः प्रचण्ड

१२ मंसिर २०८१, बुधबार १६:५४

काठमाडौं। नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनकापक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएकाछन् ।

उनले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिलगर्दै सुशासनकापक्षमा मत जाहेर गर्न आग्रह गरे ।

‘यो उपनिर्वाचनले यथार्थमा आगामीआमनिर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपालीजनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनिहो’ उनले भने ,‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमाब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमतप्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’

उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दैउनले भने,‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनकापक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायकापक्षमा, विभेद र अन्यायका विरुद्ध तथाआर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मकभाव पैदा भएको थियो र भइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचार विरोधी महाअभियानलाई अगाडिबढाउने संकल्पको रुपमा, देशमा सुशासनकायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरणल्याउनअभियानको रुपमाअघिबढाएको स्पष्टपारे ।

‘यो महाअभियानलाई सफलपार्न उपनिर्वाचनमार्फत जनताको अभिमतकालागि म विशेष अनुरोध गर्न चाहन्छु ।’