काठमाडौँ, । सिटिजन बैंक लिमिटेड र इजी डेन्टल महांकालबीच ग्राहकलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन सम्झौता भएको छ ।
सम्झौताअनुसार, सिटिजन बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका अतिरिक्त, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुटपनि उपलब्ध हुनेछ।
सम्झौतामा बैंकका बौद्ध शाखाकी म्यानेजर मनिषा थापा र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।
सिटिजन बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस्ता विशेष योजनाहरू ल्याएको बताएको छ। इजी डेन्टलले पनि आफ्नो ग्राहकलाई उच्चस्तरीय दन्त उपचार सेवा सहुलियतमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिलस्थित महांकाल खानेपानी संस्थान अगाडि रहेको छ। यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट साथै पार्किङ सुविधाको व्यवस्था गरिएको छ।
सिटिजन बैंकले आफ्नो सबै शाखामार्फत स्वास्थ्य र सामाजिक सेवामा पहुँच विस्तार गर्दै आएको छ र यस्ता योजनाहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
