एसियाकप खेल्ने यु–१९ टिमलाई आजबिदाइ गरिँर्दै

११ मंसिर २०८१, मंगलवार ११:४९

काठमाडौं। नेपालक्रिकेट सङ्घ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइगर्दैछ।

मङ्सिर१४ देखियुएईमा हुने एसिसी यु–१९ एसिया कपमा भागजाने हेमन्त धामीको कप्तानीमाआइतबार मात्र१५ सदस्यीयटोलीको घोषणा गरेको थियो ।

नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रमआयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको जानकारी दिएको हो।

टोलीको उपकप्तानमाअर्जुन कुमालर खेलाडीमाआकाशत्रिपाठी, उत्तमथापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जितकुमार रहेका छन्।