काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबलटोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले सम्मान गरेको छ ।
सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले स्पोर्ट्स डेको अवसरमा सम्मान गरेको प्रधानाध्यापक निलमबानियाबडुले जानकारी गराइन् ।
नेपालीभलिबल र समग्र खेलकुदलाई उचाईमा पुर्याउनभूमिका खेलेकाले सम्मान गरिएको प्रधानाध्यापक निलमबानियाबडुले बताइन्, ‘भलिबलमात्रै हैन नेपाली खेलकुदलाई प्रवद्धन गर्न उषाले ठूलो योगदान गर्नुभएको छ । उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसीछौं ।’
हाल उषा विभागीयटोली नेपालपुलिस क्लबबाट व्यवसायिक भलिबल खेलिरहेकीछिन् । स्पाइकर उषाले ज्ञान संस्कार स्कुलले खेलकुदमा गरेको योगदानको प्रशंसा गरिन् । उनले स्कुलबाट सम्मानपाउनु खेलाडीको लागि खुसीको क्षण रहेको बताइन् ।
‘आधुनिकशैक्षिक क्षेत्रमा फरक परिचानबनाएको स्कुलले खेलकुद विकासमा पनि ठूलो योगदान गरिरहेको छ । यसबाट प्रभावितभए । मलाई विश्वास गरेर सम्मान गर्नुभएकोमा खुसीछु,’उषाले भनिन् ।
स्कुलले हरेक वर्ष आयोजनागर्दै आएको साप्ताहिक खेलकुदकार्यक्रमपनि सोमबार नै सम्पन्न गरेको छ । एकसाताचलेको खेलकुद प्रतियोगितामा ब्याडमिन्टन, कवड्डी, बास्केटबल, बुद्धिचाल, स्केटिङ लगयातविभिन्न १९ खेल समावेश थियो ।
प्रमुखअतिथि रहेकीभलिबल स्टार उषाले नै विजेता खेलाडीलाई पुरस्कृत गरेकीथिइन् ।
