‘मेराविरुद्ध सिंगो राज्य र मिडिया सुनियोजितढंगले लागेको छ’: हिरासतबाट लामिछाने

११ मंसिर २०८१, मंगलवार ११:२४

काठमाडौं। प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतमाभएको मौका छोपेर आफूविरुद्ध केहीमिडियाले गलतप्रचार गरिरहेको बताएकाछन् ।

पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा रविले आफू हिरासतमा रहेको मौकामा संगो राज्य र केहीमिडिया सुनियोजित भएर लागिरहेको बताएकाहुन् ।

जिल्लाप्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको सन्देशःजस्तको त्यस्तै

‘पहिलो कुरा, उक्तचेकसहितको सवालकालागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्नदुई—तीनकलवयानलिनेकै अगाडि गरेको पनिहुँ। सबै कलको समय जोड्दा ५ देखि ७मिनेट मात्रभयो होला। त्यतिन्जेल अरु सवालहरुमाकाम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारणबयानमा समय लागेको कुरा झुटो हो।’

दोस्रो कुरा,‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिनभएन, लेखापरीक्षण प्रतिवेदनमा पनिकतै नदेखिएकाले थपतथ्य अनुसन्धानअधिकारीलाई पछिजानकारी गराउँछु भनेर प्रष्ट रुपमाभनेको थिएँ।

सहकारीबाट ऋणलिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्षएवं लगानीकर्ता जिवी राईले ब्याजनलाग्ने ऋणलिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमाकुनै चेकहरु काटिएको हुन सक्छ र त्यसकालागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यकाबाहिरको भ्रमणहरुका कारणखाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। दुरुपयोग पो भयो कि?

जे भएपनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋणलिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्तातिर्न भनीकुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिकभएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफदिएको थिएँ।’

कम्पनीको जिम्मेवारी पूरा गर्दा पनिआफूमाथि निरन्तर अन्याय गरिएको भन्दै रविलामिछानेले भने

‘तर यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाट ऋणमागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेलापयो।

गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानीदिनप्रदान गरिएका चेकहरुबारे तथा कार्यकारी अध्यक्षको निर्देशनपालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वाव्यक्तिकाहकमा मेरो जवाफदेहित रहन्छ।

प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले निमुखहुन्छु भनेको छैन, हुन्न।

तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नताथिएन, छैन। मैले गोर्खा मिडियाकाखाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानीगर्दा कुन–कुन चेकले कुन–कुनकानूनको उलंघनभयो?

आजपो सुप्रिम, सूर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिकभयो। तीनवर्ष अगाडिलगानीकर्ताको निर्देशसनसँगै निश्चितविधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वाकुनै कम्पनीलाई दिइने चेकमाहस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र?’

निजीक्षेत्रमाभइरहेका अभ्याससहितआफूविरुद्ध गरिएको षड्यन्त्रबारे उहाँले भनेः–
‘निजी क्षेत्र विश्वासमा चल्छ। मैले हस्ताक्षर गरेका चेकहरु गोर्खा मिडियाका चेकहरु हुन्। कम्पनीऐनको अधिनमा रहेर गरिएकाप्रत्येक कारोबारको जवाफ म दिन्छु। सहकारीका कुरा सहकारीका मान्छेले जानुन्। सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिनविशेष समितिको प्रतिवेदनले पृष्ठनम्बर ४४९ मा लेखेको छ।

म माथि कम्पनीऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझप्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्तिशुद्धीकरण समेतको मुद्दालगाइँदैछ।

त्यतिले नपुगेर सरकारी वकीलकार्यालय नै लागेर मेरा बयानकाअधुरा, अपुरा र मेरोविरुद्धहुनेगरी मिडियालाई सूचनाचुहाउने कार्य हुँदैछ।’

रविलामिछानेले चेतावनीपूर्ण रुपमाअगाडि भने का छन्–

‘म चाहिँनागरिकले दुःखनपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केहीमिडिया सुनियोजितभएर लागिरहने? यसरी एउटा व्यक्ति विरुद्ध भएभरका सारा शक्तिनाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनिचल्छभन्दै खुलम खुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ।’

‘म जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाट भएको गैरकानूनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधी वक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु।

अन्यायकाकयौं सीमारेखापार भइसके, सत्यमाथिशक्ति प्रदर्शन बन्दहोस्। मलाई न्यायालयप्रतिआशा छ ।