काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्वबडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास,बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् ।
यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वलशाक्य, रजनीशाक्य र सोनाममुलगुठीले दोस्रो स्थानहासि गरेका थिए ।
प्रधानमन्त्रीओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोेले राज्यका तर्फ बाटआवश्यक प्रोत्साहन हुने विश्वास दिलाए ।
नेपाल शाररीक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीकाअध्यक्ष ध्रुव आचार्य लगायतको सहभागीता थियो ।
