काठमाडौं ।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफलभएको छ ।
मंगलबार सिंहदरबार स्थित समितिको सभाहलमा बसेको संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेकोसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरोकारवालाहरुसँग स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफलभएको हो ।
सोही क्रममा समिति सदस्य किरण बाबु श्रेष्ठले अनुगमनमा जाने सबैजना आइसकेपछि समग्र रुपमा एकै ठाँउमा प्रतिवेदन समीक्षा गर्दा राम्रो हुने बताए ।
उनले भने, ‘स्थलगत अनुगमनको क्रममा देखिएका विविध समस्याहरुको विषयमा एउटा प्रतिवेदन तयार भएर आउने नै छ । अनुगमनमा जानेहरु पनि आइसकेपछि समग्र रुपमा एकै ठाँउमा प्रतिवेदन समिक्षा गर्दा राम्रो हुन्छ होला ।’
