ढुंगानाको निधनप्रति कांग्रेसले आधा झण्डा झुकाउने र शोक सभा गर्ने

३ मंसिर २०८१, सोमबार १४:३५

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति नेपाली कांग्रेसले कार्यालयमा झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार विहान आकस्मिक बैठक बसेर १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको हो ।

ढुंगानाको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेको छ । । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

‘२०८१ मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने । स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने, बैठकप्रति जारी विज्ञप्तिमा भनिएको छ ।

सोमबार र मंगलबार दुई दिनसम्म पार्टीको केन्द्रिय कार्यालयमा झण्डा आधा झुकाउने  निर्णय गरेको पार्टीका महामन्त्री गगन थापाले बताए । साथै मंगलबारका दिन केन्द्रिय कार्यालय बन्द रहने र स्वर्गारहणको १३ औँ दिनमा केन्द्रिय कार्यांलयमा शोक सभाको आयोजना गरिने समेत उनले बताए ।

यस्तो छ ढुङ्गानाको निधनप्रति शोक प्रस्ताव

१. पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मंसिर २ गते भएको निधनले नेपाली कांग्रेस मर्महात र स्तब्ध भएको छ ।

२. नेपालमा लोकतान्त्रीत व्यव्स्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुगंना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं २ बाट विजयी भैइ २०४८ देखी २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो । विसं २०५१ मा काठमाडौं क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र २ मा कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो ।

३.नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

४. माओवादी सशस्त्र द्न्द्लाई शान्ति प्रकृयामा ल्याँउन सहजकर्ताको रुपमा उहाँको सक्रिय भूमिका रहेको थियो ।

५. मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका लागि उहाँले पुर्याउनु भएको  योगदान सधैं नै स्मरणिय रहने छ । उहाँको निधनबाट सिंगो देशले बरिष्ठ कानूनविध, मानवअधिकारकर्मी, एक अटल योद्घा, निष्ठावान एवम अनुभवी राजनीतिज्ञ गुमाएको छ ।

६. पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति केन्द्रिय समितिको बैठक गहिरो दुख व्यक्त गर्दै भावपूर्ण श्रद्घञ्जली अर्पण गर्दछ । साथै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकशन्तपद परिवारप्रति गहिरो संवेदना प्रकट गर्दछ । स्वर्गिय ढुङ्गानप्रति सम्मान प्रकट गर्दै देहाय बमोजिम कार्यक्रम निर्धारण गरिएको छ ।

७. २०८१ मंसिर ३ र४ गते दुई दिनसम्म पार्टीको केन्द्रिय कार्यालयमा झण्डा आधा झुकाउने , २०८१  मंसिर ३ र ४ मंगलबारका दिन केन्द्रिय कार्यालय बन्द रहने र स्वर्गारहणको १३ औँ दिनमा केन्द्रिय कार्यांलयमा शोक सभाको आयोजना गरिने छ ।