काठमाडौं । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ देशैभर निःशुल्क दिने भएको छ ।
आगामी माघ २२ गते देखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभीखोप’ निःशुल्क दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय पाठेघरको मुखमाहुने क्यान्सरका कारणअकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको कारणउक्त जोखिमन्यूनीकरण गर्ने उद्देश्यले करिब १७लाखकिशोरीलाई खोप दिनलागिएको स्वास्थ्यतथाजनसङ्ख्या मन्त्रालयलेजानकारी दिएको हो ।
मन्त्रालयविश्वक्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमाअध्ययनरत कक्षा ६ देखि १० सम्मकाछात्रा र विद्यालयनजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिनलागेको हो ।१६लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने सरकारको लक्ष्यरहेको छ ।
१८हजार नौ सय विद्यालयमाखोप केन्द्र र आठहजार दुई सय अन्यखोप केन्द्र रहनेछन् भने २७हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालितहुनेछन् ।
उक्तअभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवकखटाइनेछ । १५हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्नहुनेछन् ।