काठमाडौं । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिकअफआयरल्याण्डलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
युरो २०२४ को उप विजेता इंग्ल्याण्डले प्रशिक्षक लीकास्लीको अन्तिम खेल सम्झन लायक बनायो , अब इंग्ल्याण्डको प्रशिक्षणको रुपमाथोमस टुचेल रहने छन् ।
पहिलो हाफमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई रोकेको थियो । तर, दोस्रो हाफको सुरुमै ५१ औं लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दाफाउल गरेपछि रातो कार्ड पाउँदाआयरल्याण्ड १० खेलाडीमा समेटियो ।
त्यतिबेलाइंग्ल्याण्डले पेनाल्टीको अवसर पनि पायो । कप्तानह्यारी केनले पेनाल्टीमागोल गर्दै इंग्ल्याण्डलाई सुरुआतीअग्रतादिलाए ।
५५ औंमिनेटमाइंग्ल्याण्डले अग्रता दोब्बर बनाउन सफलभयो । टिनो लिभ्रामेन्टोको डिफ्लेक्टेड क्रसमाआएको बल एन्टोनीगोर्डनले भलीप्रहार गर्दै करियरको पहिलो अन्तर्राष्ट्रियगोल गरे ।
यसैगरी ५८ औं मिनेटमा कर्नरबाटआएको बललाई कोनर गालाघरले पनिपहिलो गोल गर्दा इंग्ल्याण्ड ३–० ले अघिबढेको थियो ।
ज्यारोड बोवेनले मैदानप्रवेश गरेलगत्तै ७५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता थप मजबुत बनाएका थिए । टेलर हार्वुड–बेलिसले पनिआफ्नो डेब्यू खेलमा जुड बेलिङ्घमको क्रसमा हेड गर्दै ७९ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए । जीतसँगै इंग्ल्याण्ड समूह ‘बी’ को २ मा १५ अंक सहितशीर्ष स्थानमा रहेको छ ।
यही समूहमा रहेको ग्रीसले फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । ग्रीसका कप्तान टासोस बाकासेटास र विङ्गर डिमिट्रिस जोलिसले एक एक गोल गरेका थिए ।
खेलको ५२औं मिनेटमा कन्स्टान्टिनोस कुलियेराकिसले दिएको बललाई बाकासेटासले बक्स भित्र नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका थिए ।
त्यसको चार मिनेटपछि, डिमिट्रिस जोलिसले गोल गरे पछि ग्रीसको जितपक्का भएको थियो । ग्रीसले नेशन्स लिगको समूह चरणमा इंग्ल्याण्ड पछि दोस्रो स्थानमा छ ।
लिगअन्तर्गत समूह ए२ को खेलमा फ्रान्सले इटालीलाई ३–१ ले हराउँदै शीर्ष स्थानपक्का गरेको छ । खेलको दोस्रो मिनेटमै एड्रियन राबियोटले लुकास डिनको कर्नरमा गोल गर्दै फ्रान्सलाई अग्रतादिलाएको थिए ।
३३ औं मिनेटमा डिनको फ्रि–किकबाट इटालीका गोलरक्षक गुइलमो भिकारियोको आत्मघाती गोल गरेका थिए । ३५ औं मिनेटमा इटालीका एन्ड्रियाक्या म्बियासोले एक गोल फर्काएका थिए ।
पहिलो हाफमा २–१ को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा १ गोल थपेको थियो । ६५ औं मिनटमा राबियोटले हेडर गोल गर्दै फ्रान्सको जितनिश्चित गरे ।
उता, नर्वेका एर्लिङ हालान्डले कजाकिस्तान विरुद्ध ५–० को जितमा ह्याट्रिक गर्दै टोलीलाई समूह ‘बी’ ३ मा शीर्ष स्थानमा पु¥याएकाछन् ।
पहिलो हाफमै दुई गोल गरेका हालान्डले दोस्रो हाफमाअर्को गोल थपे । एन्टोनियो नुसाले दुई गोल गर्दै नर्वेको जितमा योगदान दिएकाथिए ।
यस जितसँगै नर्वेले अष्ट्रियालाई पछिपार्दै नेशन्स लिगको शीर्ष स्थानपक्का गरेको छ ।
