काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
आइतबार दिउँसो दुई बजे फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनी कलेजो रोगबाट पीडित थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए।
पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित वहसहरु भइरहेको थियो ।
