एभरेष्टकलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव

२ मंसिर २०८१, आईतवार ११:०८

काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्टकलर लिमिडेटको पहिलो साधारण सभाले सर्व साधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्तावपारित गरेको छ ।

कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयर धनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।

अन्यकलर उधोग भन्दा पृथकढँगले, स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्टकलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्टकलर कम्पनी स्थापना भएको हो ।

कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँचुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्तापुँजी २६ करोड रुपैयाँपुग्ने छ ।

साधारणसभाले सरोज लुईटेल, राजन लाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक सेयर धनीका तर्फबाट संचालकमा निर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचनअधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

एभरेष्टकलर ५ महिनाअघिप्राइ भेट लिमिटेड कम्पनी बाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।

कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्चगुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपालीकम्पनीको रुपमा परिचित रहँदै आएको छ ।

स्वदेशीयुवाहरु सँगठीतभई सहकारी मोडलमा एभरेष्टकलर सुरु गरेका थिए , कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियम देखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको छ ।

कम्पनीले वाहिरी सतहको लागी १० वर्ष वारेन्टीभएको ब्रिलिएन्ट ड्याम्पप्रुफ, ७वर्ष वारेन्टीभएको एभरगार्ड प्रिमियमइमल्सन, एभरसाइनएक्स्टेरियर इमल्सन र र एभरकोट एक्स्टेरियर इमल्सन, भित्री सतहको लागी सफिर लग्जरी इन्टेरियर, डाइसीप्रिमियमइन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियनइन्टेरियर इमल्सन, रोयल एक्रेलिकवासेबल डिस्टेम्पर, बेल एक्रेलिकडिस्टेम्पर, प्राईमर तर्फ प्रिमियमएक्टेरियर, इन्टेरियर प्राइमर, काठ तथा धातुमा प्रयोग हुने एभरल्याकहाइक्लास इनामेल, जुरेलीसिन्थेटिकइनामेल, गैंडा बजेट एसवाइएन, इनामेल तथा त्यसमा प्रयोग हुने उडप्राइमर, मेटलप्राइमर रेड अस्साइड, लगायतका आल्मुनियम पेन्टस्, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइडपाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्टच्वाइस लगायत औधोगिक प्रयोजनको लागी प्रयोग हुने विभिन्न कलरहरु उत्पादनगर्दै आईरहेको छ ।

निकट भविष्यमा १२ वर्ष वारेन्टी भएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी भईरहेको कम्पनीले जनाएको छ ।

अन्तराष्ट्रिय गुणस्तर ब्यवस्थापन प्रमाणिकरण प्रमाणपत्र आइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेष्टकलरले कुशल ब्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभावप्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षाआदिलाई मनन गरीे अन्तराष्ट्रिय स्तरको प्रविधि तथा अत्याधुनिक मेसिन बाट उत्पादन तथा ल्याव टेस्ट गरी नेपाली बजारमा रंगहरु वितरण गरिरहेको छ ।