अर्थतन्त्रलाई फाइदा पुग्नेगरी बैंकहरुले काम गरिरहेका छन् : गर्भनर

३० कार्तिक २०८१, शुक्रबार १७:१३

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि  बैंकहरुले काम गरिरहेको बताएका हुन् ।

उनले  भने, ‘हामी सबैलाई थाहा छ बैंकको जिम्मेवारी के हो भनेर , बैंकमा कुन हदसम्मको सुशासन कायम गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ ।

राष्ट्र बैंकको मुख्य भूमिका र रकम अहिले उत्पादनशिल क्षेत्रमा जाओस् भन्ने हो । उत्पादित क्षेत्र बढोस् र अर्थतन्त्रलाई बढी फाइदा पुर्याउने गरि बैंकहरुले काम गरिरहेका छन् ।’

साथै उनले बैंकिङ क्षेत्रमा कयौं किसिमका साइबर रिस्कहरु भएकाले जोखिम न्यूनीकरणलाई बैंकले जोड दिने बताए ।

उनले साइबर रिस्कहरुलाई न्यूनीकरण गर्न  बैंकले बर्षौं देखि नयाँ सिस्टम लिन खोज्दा पनि ल्याउन नसकिएको बताए ।