काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपालगुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्नभएको छ ।
बैठक बाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपालगुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको ल्क् डण्ःद्दण्द्धद्द. ज्गभ एष्उभलाई परिमार्जन गरिएको नेपालगुणस्तर ल्क् डण्ःद्दण्डज्ञपारित भएको हो । साथैीबष्लबतभम ध्यखभल क्बअप (दयिअप दगततयल खबखिभ) र घरायासीप्रयोजनमाआउने ग्एख्ऋ एष्उभ को नेपालगुणस्तरमा समेत परिमार्जन गरिएको छ ।
यसैगरी गरगहना, पानी र माटो परिक्षणसंग सम्बन्धित क्ष्क्इ बाटनिर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप परिक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएकाछन् ।
मन्त्री भण्डारीले यस बाहेकअन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएकाछन् ।
हाल चलन चल्तीमा रहेकाबाहेक ठुला साइजकाग्यास सिलिण्डरहरुको नेपालगुणस्तर तयार गर्न उनले विभागलाई दिर्नेशनदिए ।
उनले निर्यात प्रर्वधनहुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशनदिएकाहुन् ।
नेपालगुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समिति बाट पारित मस्यौदा नेपालगुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्तगुणस्तर नेपालगुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ ।
परिषदमा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव (उद्योग) उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।
साथै अन्यमन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजी क्षेत्रका प्रतिनिधीहरु समेत परिषदमा सदस्य रहने व्यवस्था छ ।
