काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर इस्मतआलम नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् ।
आलमले सामाजिक सञ्जालमार्फत आफु एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएकाहुन् ।
विराटनगरले यस अघि न्युजिल्यान्ड कामार्टिन गुप्तिल, ओमानका आकिबइलियास, क्यानडा कानिकोलस कीर्तन र स्कटल्यान्डकाक्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।
विराटनगरमा नेपाली राष्ट्रियटोलीका लेग स्पिनर सन्दीपलामिछाने मार्की खेलाडीछन् ।
यस्तै आयरल्यान्डका पूर्व क्रिकेटर केभिनओ ब्रायन टोलीका प्रशिक्षकहुन् ।
नेपालक्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
