गण्डकी प्रदेशकी सांसद गौचनको निधन

२९ कार्तिक २०८१, बिहीबार १२:५९

काठमाडौं। गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधनभएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गएराती नैनिधन भएको हो ।

डेंगु संक्रमण बाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।