प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

२८ कार्तिक २०८१, बुधबार ११:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी जना उका लागि प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन् ।

दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयो गका उपा ध्यक्षप्राध्यापक डा. अञ्जनी कुमार झा, अमेरिका स्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ ।

समारोहमा ओलीले जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमाअध्ययन गरेका ५८ विद्यार्थीलाई दीक्षित गर्नेछन् ।