काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वा नुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानी यवायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम सफानै रहेको छ ।
यस्तै,आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमाआंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
