आई सीसी अन्डर–१९ महिला टी–२०: नेपालको आज कुवेतसँग खेल्दै

२७ कार्तिक २०८१, मंगलवार १२:३५

काठमाडौं । नेपालले आई सीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेत विरुद्ध खेल्दै छ ।
दुबई स्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरर्दै अंक तालिकामा ४ खेलमा ६ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिले सम्मका चारै खेलमा हार बेहोरेको छ ।
छनोट प्रतियोगिता नेपाल,कुवेत र आयोजक यूएई र थाइल्याण्ड सहभागीछन् ।