काठमाडौं । उर्जा जलश्रोत तथासिँचाई मन्त्रीदिपक खड्काले वैकल्पिकउर्जा तथा प्रवद्र्धन सम्बन्धि ऐन कानूनलाई समय सापेक्षितबनाउनआवश्यकरहेको बताएका छन् ।
मंगलबार काठमाडौंका आयोजित वैकल्पिक उर्जा तथा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समय सापेक्षित हुन जरुरी रहेको बताए ।
उनले वैकल्पिक उर्जा सम्बन्धि ऐन चाँडै पास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने,‘अहिले जे समय परिवर्तन भएको छ । पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौं , र समय सापेक्षित नितिनियम ऐन कानूनको व्यवस्था गर्नुपर्ने छ ।
यस मामन्त्रालय निरन्तर लागेको कुरा यहाँहरुलाई जानकारी नै छ । अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु । मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । त्यसैले हामी समय सापेक्षित हुन जरुरी छ ।’
उनले अहिले सबै निकायहरुलाई सरकार भन्दा पर बसेर काम गर्ने निकायहरु हौं भन्ने अनुभूतिभएको भन्दै सबै निकायहरु सरकार कै अंगहरु भएको बताए ।
मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर नै दिने भन्दैसबै नेपालीहरुको दायीत्व सरकारले लिन सक्नुपर्ने उनको भनाई छ ।
उनले भने,‘अहिले सबै निकायहरु सरकार भन्दा पर बसेर काम गर्ने निकायहरु हौं कि अनुभूति भएको रहेछ । त्यस्तो होइन हामीलाई दातृराष्ट्रहरुले,मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर दिएको हो । सबै नेपालीहरुको दायीत्व सरकारले लि सक्नुपर्छ र लिन्छ पनि ।सबै निकायहरु सरकारका अंगहरु हुन् ।’
उनले वैकल्पिक उर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताए । मन्त्री खड्काले आगामि वर्ष सम्ममा सबै घरमा विद्युतवितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिकउर्जाको महत्वपूर्ण भूमिका रहेने बताए ।