सुनचाँदीको मूल्य घट्यो

१२ कार्तिक २०८१, सोमबार १३:०९

काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला ४ सय रूपैयाँले घटेको हो । यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ । आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोवार भइरहेको छ ।