गायिका पुर्णिमा लामाले ल्याइन ‘पुरानो घाउ’

१२ कार्तिक २०८१, सोमबार १२:५७

काठमाडौँ । गायिका पुर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन् ।

धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुर्णिमा लामा स्वयम फिचर्ड छिन् ।

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका  छन् ।

प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।