काठमाडौ ।अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ ।
मंगलबार राति नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
अमेरिका ‘ए’ का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो ।
नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए ,यस्तै अनिल कुमार साह शून्य रनमा आउट हुँदाअन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् ।
सबैभन्दा धेरै १८ रन बनाए ,अमेरिका ‘ए’ का आरिन नदकर्नीले ४ विकेट लिए ।
अमेरिकामा आयोजना हुने आई सी सी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीचअभ्यास खेल भएको हो ।
अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकपक्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एक दिवसीयअन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।
यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले क्लिन स्वीपु गरेको थियो ।
