
काठमाडौं । आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
हरेकवर्ष ९ अक्टोबर मा विश्वहुलाक सङ्घको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष यस दिन विश्वहुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्वहुलाक दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्वहुलाक सङ्घ स्थापनाको १५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षमपार्ने राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारा सहितयस वर्षको हुलाक दिवस मनाइँदैछ ।
दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ । विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम रहेको छ ।
विश्वहुलाक दिवस हरेकवर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ माविश्वव्यापी हुलाक संघ स्थापना भएको संझनामा मनाइन्छ।
आजभन्दा सवादुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्वहुलाक दिवस मनाउन सुरु गर्ने औपचारीक घोषणा गरिएको थियो । सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरुभएको हो, मुगलान अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरूको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।
नेपालमा वि सं १९३५ सालमा स्थापना भई नेपाल हुलाक घर बाट हुलाक सेवा सुरू भएको थियो ।नेपालले सन् १९५६ मा विश्वहुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्वमञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।हुलाक कार्यालयहरूले एकताबद्ध र समावेशी समुदायहरुको श्रृजनामा महत्त्वपूर्ण भूमिका खेल्छन्।
आज पनि बिश्वभरि ५० लाख भन्दा बढी हुलाक कर्मचारीहरूले सन्देश, उपहार र सामानदेखि लिएर पैसा र औषधि सम्म विभिन्न प्रकारका अत्यावश्यक र व्यक्तिगत वस्तुहरू तोकिएको ठाँउमा सुम्पने कामगर्दछन् ।