नव रात्रको सातौं दिन ;कात्यायनी देवीको पूजाआराधना गरिँदै

२३ आश्विन २०८१, बुधबार १०:५१

काठमाडौं । आज आश्विन शुक्लपष्ठीका अर्थात् नवरात्रको सातौं दिन ।आज दसैँ घर वापूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधनागरिँदै छ ।

आश्विन शुक्लषष्ठीका दिन प्रत्येक वर्ष कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा रहेको छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमाअवतार लिइछन् । उनको बाल सौन्दर्य बाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीदेवीको आजविशेष पूजाआराधनागरिन्छ ।

नवरात्रको पहिलो दिनअसोज १७गते बिहीबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना  गरिएको थियो भने तेस्रो दिनशनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना  गरियो । चौँथो दिनआइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । पाँचौँ दिन सोमबार पनि चौथीतिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजाआराधना गरिएको थियो । नवरात्रको छैटौँ दिनआज भने स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिनचन्द्रघण्टा, चौथो दिनकुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिनकात्यायनी, सातौँ दिनकालरात्री, आठौँ दिनमहागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधनागर्ने गरिन्छ । यस वर्ष भने चौथीतिथि वृद्धिभई दुई दिनको सूर्योदयकालमातिथि परेको नेपालपञ्चाङ्गनिर्णायक समितिले जनाएको छ । यीनै नौ वटादुर्गाका रुपलाई नवदुर्गा पनिभनिन्छ ।