कांग्रेसको वातावरण विभागद्वारा पार्टी कार्यालय र वरपरको परिसर सरसफाई

२१ आश्विन २०८१, सोमबार ०९:४५

काठमाडौं । नेपालीकांग्रेस,वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीयकार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाई गरेको छ ।
केहीदिनअघिको अविरल बर्षा र बिभिन्न नदीमाआएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएकाले कांग्रेसले केन्द्रीयकार्यालय परिसर र वरपरको सरसफाई गरेको पार्टीका उपसभापति धनराज गुरुङ्ले जानकारी दिए ।
उनले भने,‘गएको ११ र १२ गते अविरल बर्षाको कारण नदीमाआएको बाढीको कारण कार्यालय परिसर र वरपरजताततै ढल पानी पस्दा एक दमै धेरै फोहेर भएको थियो। नेपालीकांग्रेसको केन्द्रीय सदस्यकल्यान गुरुङको संयोजकत्वमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग छ । त्यसकै समन्वयमा सफा गरिरहेका छौं ।’
यसै सिलसिलामा विभागले नेपालीकांग्रेस, केन्द्रीयकार्यालय, सानेपा, ललितपुर परिसर,पार्टी कार्यालय वरपरको परिसर,बागमतिकिनाराको पनि सरसफाई गरेको छ ।