सरकारलाई संसदीय समितिबाट चार बुँदे निर्देशन

१५ आश्विन २०८१, मंगलवार १६:३७

काठमाडौ । राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरीहालै गएको बाढीपहिरोबाट प्रभावित परिवारलाई दिनेराहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
उनले भने,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाल सरकारले सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन गर्दछ ।’
यस्ता छन् समितिका चार बुँदे निर्देशन
१.राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक नेपाल सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडी बढाउन निर्देशन गर्दछ ।
२. हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पुर्ववत मूल्य वढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरुले राहत छिटो भन्दा छिटो पाउने व्यवस्था गर्न ।
३.सरकारलाई निर्देशन गर्दछ । ३. विभिन्न जिल्लाका अलपत्र परेका यात्रीहरुलाई तुरुन्तै उद्दार गरी गन्तव्यमा पुन्याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न नेपालसरकारलाई निर्देशन गर्दछ ।

४. वर्षाका कारण नष्ट भएका सिचाई कुलोहरु, पिउने पानी, विद्युत, टेलिफोन सडक आदिकोतत्काल मर्मत गरि जनताको दैनिकी र यस अवस्थामा घाइतेहरुको औषधी उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने