काठमाडौं। नेकपा माओबादी केन्द्र मालारानी गाउँपालिका कमिटि अध्यक्ष पदम क्षेत्री नेकपा एमालेमा प्रवेश गरेका छन्।
उनी माओबादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपनि माओबादी केन्द्रका आफ्ना सह पाठिहरुलाई निराश नहुन् पनि आग्रह गरेका छन् भने माओवादी केन्द्रले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको छ ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा भूमिकास्थान नगर कमिटीका अध्यक्ष नरेन्द्रमान मुखिया, पार्टी लुम्बिनी प्रदेश परिषद सदस्य देव बहादुर खड्का र पदम क्षेत्रीले विगत देखी पार्टी नीति, सिद्धान्त र मूल्य मान्यता बिपरित कार्य गरेको बताइएको छ ।
प्रदेश कार्यालयको उपस्थितिमा पटक पटक छलफल गरी रूपान्तरण हुने गरिएको प्रतिबद्धता बिपरित पार्टीको मूल्य मान्यता बिपरित गुटबन्दी गर्दै हिडेको, पार्टी सबै तहका नेता कार्यकर्ताको चरित्र हत्या गर्दै हिडेको, जातिय, क्षेत्रीय र लैङ्गीक बिभेद हुनेगरी अराजनीतिक, अपाच्य नीच शब्दावली प्रयोग गर्दै हिडेको, पार्टीमा नव आगन्तुक कमरेडहरूलाई यो पार्टीमा प्रवेश किन गर्नु भयो हामी पनि पार्टी छोडदै छौ भनि डेढ वर्ष अगाडी देखिनै व्यक्त गर्दै हिडेको, युद्ध कालीन र शान्ति कालीन भन्दै नेता कार्यकर्ताहरूमा अन्तरबिरोध सृजनागरी भ्रम पार्न खोजेको, पार्टीले शहीद परिवारका सदस्यलाई समेत उम्मेद्वारी नदिइ दुई दुई पटक सम्म गाँउपालिकाको अध्यक्षको उम्मेदवार पाएर आफ्नो कार्यशैलीको कारण हार्ने तर पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने गरेको, पार्टीको जिम्मेवारी बमोजिम भूमिका निर्वाह नगरी नेतृत्वलाई दोषारोपण गर्ने, मालारानीमा सबभन्दा विकास निर्माणका ठूला, ठूला रकमको उपभोक्ता समितिको अध्यक्ष बन्ने तर बन्दुकले केही दिन भन्दै हिडनु, पार्टीका नेता कार्यकर्तालाई पैसाको आडमा थर्काउने धम्की दिने जस्ता कार्यहरूले निज र निज व्यक्तिहरू विचार राजनीति भन्दा आफ्नो नीहित स्वार्थ पूर्ति गर्न छेपाराले मौसम अनुसार रङ्ग परिवर्तन गर्न खोज्ने दक्षिणपंथी अवसरवाद र सांगठनिक रूपमा देखा परेको आत्म केन्द्रित अराजकताको पराकाष्ठ दिनको घाम झै छर्लङ्ग भएको छ । यी तथ्यहरूले वैचारिक रूपमा विचलन भएको निष्कर्ष सहित निजहरूलाई पार्टी सदस्य समेतबाट निष्कासन गरिएकोले तिनीहरूको कुनै पनि भ्रम जालझेल, षडयन्त्र, प्रलोभन र झुट्टा आश्वासनमा नपरी निरन्तर परिवर्तन उत्पीडित वर्ग समुदाय र आम जनताको पक्षमा लाग्न पार्टी पङ्क्ति र जनवर्गीय संगठन लगायत सवैमा जानकारी गराईन्छ ।
कठीन र जटिल परिस्थितिमा पनि नझुकी प्रलोभनमा नपरी पार्टीको केन्द्रिय नीतिलाई अर्घाखाँची जिल्लाको सन्दर्भमा दृढता पूर्वक कार्यान्वयन गरेको गौरवपूर्ण इतिहास ताजै छ । अतः जिल्लाको विकास र समृध्दि सुशासन, सामाजिक न्यायको पक्षमा निरन्तर लाग्ने प्रतिबध्दता ब्यक्त गर्दछौ । जिल्ला संयोजक राजेन्द्र भूसाल, जिल्ला सह ईन्चार्ज छमकुमारी खनाल (चिनारी) जिल्ला ईन्चार्ज ठाकुर कुमार वि.क. (किशोर) नेकपा माओवादी केन्द्र अर्घाखाँची जिल्ला समन्वय समिति अर्घाखाँचीले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

