काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्टमान्यता रहेको बताएका छन् ।
आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युलफ्रि) को कार्यक्रममा मुख्यवक्ताका रूपमा सम्बोधनकाक्रम मा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले पेरिस सम्झौता बमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै भने,‘हाम्रो भविष्य सुन्दर छ, किन कि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।’
