पार्टीप्रति आस्था भए पनि सरकारको निर्देशन कर्मचारीले मान्नै पर्छ : सभापति देउवा

१९ भाद्र २०८१, बुधबार १६:३३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएता पनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा‘कर्मचारी’ पुस्तक बिमोचन) कार्यक्रमलाई सम्बोधनगर्दै उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएता पनि कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका हुन् ।

उनले भने,‘हिजो को कुन पार्टीमा थियो आजकुन पार्टीमा छ भन्ने कुरा होइन । कोइकांग्रेसको समर्थक होला, कोहीएमालेको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुदैन । त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी भएता पनि सरकारको निर्णय लागु गर्ने काम उनीहरुको कर्तव्य हो ।’

उनले निर्वाचित सरकारले बनाएकानीतिनियमहरु कार्यान्वयन गर्ने कामनिजामतिकर्मचारीहरुको रहेको निर्वाचितसरकार र निजामतिकर्मचारी सरकारीबीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए ।

उनले भने,‘निजामतिकर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ । निर्वाचित सरकार अस्थायी सरकार र निजामतिकर्मचारी स्थायी सरकार गरि दुईवटा सरकारका पमालिइएको छ । निजामति कर्मचारीहरु अवकाशन हुञ्जे लसम्म रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समयपछि फेरिन्छ । जित्यो भने रहने हार्योभने जाने । नीतिनियमहरु एकीकृत निर्वाचीत सरकारले बनाउने हो । त्यसको कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको हो । त्यसैले यीदुई सरकारबीचमा सहकार्य र समन्वयको आवश्यकता छ ।’