राष्ट्रिय बाणिज्य बैंकले ल्यायो आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना

५ भाद्र २०८१, बुधबार १८:१७

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ।

यो आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म मात्र लागु हुनेछ । ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ ।

यस बारेमा थप जानकारी नजिकको राष्ट्रिय बाणिज्य बैंक शाखामा गएर पनि बुझ्न सकिने छ ।