तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

३ भाद्र २०८१, सोमबार ११:४८

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिनहाल सम्मकै उच्च सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने कायम रहेको छ । आइतबार तोलामा १ हजार ८१० रहेकोमा कायम भएको हो ।