१६ अंकले बढ्यो नेप्से

२९ श्रावण २०८१, मंगलवार ११:४०

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १६ दशमलव ०४ अंकले बढेको छ ।

यससँगै सूचक २९४७ दशमलव ७० विन्दुमा आएको छ । यस सेसनमा ४ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १ सय १७ कम्पनीको ८८ हजार ९७८ कित्ता सेयर कारोबार भएको छ ।

कुल ७९ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ५५० वटा कारोबार भएको छ ।