काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि ऐतिहासिक जित निकाल्यो

१९ श्रावण २०८१, शनिबार १७:२६

काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३–२ को सेटमा जित निकालेको हो।

पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो। खेलमा नेपालले पहिलो सेट २५–१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५–१२ ले जितेसँगै खेल १(१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५–१७ ले जित्यो भने चौथो सेटमा भारत २५–१८ ले विजयी भयो।

निर्णायक पाँचौ सेट १५–१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ। नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरुमा एकआपासमा भिड्नेछन्। प्रत्येक दिन दुई खेल हुनेछ। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ।

लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्। अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ।