मकवानपुरमा माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर

१३ श्रावण २०८१, आईतवार १८:२९

काठमाडौ ।  मकवानपुरमा माओवादी केन्द्रमा प्रवेश गर्नहरुको लहरको बढेको छ ।

आइतबार नेपाली काँग्रेस, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्यागरी ६० देखि ६५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशकाहरुलाई माओवदी केन्ुद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयमा पेरिस डाँडामा एक कार्यक्रम आयोजित गरी पार्टीमा स्वागत गरेका थिए ।

बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरु
१. भुवन खनाल (राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय सदस्य)
२. जगदिश दाहाल (राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर क्षेत्र नं १ उपसभापति)
३. विनोद न्यौपाने (नेपाली काँग्रेस निकट व्यवसायी)
४. उद्धव देवकोटा (निर्माण सामाग्री व्यवसायी संघ जिल्ला कोषाध्यक्ष)
५. विकास श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी, हेटौडा १७ नं वडा सभापतिं)
६. राजु माझी (राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी सदस्य)
७. सुभाष लामिछाने (नेपाली काँग्रेस परित्याग गरी)
८. राजकुमार तामाङ (नेपाली काँग्रेस परित्याग गरीं
९. भीम प्रसाद विश्वकर्मा (जसपा हेटौंडा उपमहानगर सदस्य)
१०. विश्व गौतम (स्वतन्त्र युवा)
११. किशोर श्रेष्ठ (नेकपा एमाले निकट खेलकुद महासंघ बागमती प्रदेश सदस्य)
१२. रोहित रिजाल (स्वतन्त्र युवा) लगायत ६० देखि ६५ जना माओवदी केन्द्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा पार्टी उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटा, पार्टी केन्द्रीय नेता कुमारी मोक्तान, रमेश मल्ल, विजय गौतम, प्रल्हाद लामिछाने, पार्टी प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, पार्टी जिल्ला संयोजक भीम पाख्रिन, पार्टी जिल्ला सचिव बीरबहादुर घलान, पार्टी प्रदेश सचिवालय सदस्यहरु सर्केश घलान, ललित घलान, शुभरत्न गोले प्रदेश सदस्यहरु बिबेक राई, लक्ष्मी माझी, रेखा पुलामी, सागर अर्याल, सम्पर्क समन्वय समितिका नेताहरु लगायतका नेताहरुको उपस्थिति रहेको थियो।